

हरेक दिन इन्टरनेटमा कुनै न कुनै फोटो भाइरल भइरहेका हुन्छन् । तीमध्ये केही फोटाहरू अलि झुक्याउने खालका हुन्छन् ।
यी फोटाहरू फोटोशप गरिएका त हैनन् तर यिनीहरूलाई क्लिक गर्ने तरिका चाहिँ अचम्मको हुन्छ । यहाँ हामी यस्ता दुईवटा तस्वीर देखाउँदैछौं जसलाई बुझ्न तपाईंले फेरि एकचोटि हेर्नुपर्छ ।

माथिको फोटोमा सेलेब्रिटी केन्डल र काइली जेनरले आफ्नो साथी हेली बाल्डविनसँग मस्ती गरिरहेको देखिन्छ । शुरुमा हेर्दा त यो साधारण फोटो जस्तो लाग्छ । तर काइलीको गोडा हेर्नुस् त । उसको गोडै गायब छ । उनी अपांग होइनन्, कसरी गोडा हरायो त ? तर ध्यान दिएर हेर्नुभयो भने कपडामुनि लुकेको छ गोडा भनी थाहा पाउनुहुन्छ ।
अब अर्को फोटो हेरौं ।

यो बच्चीको तस्वीर पोस्ट हुँदा मानिसहरू भ्रममा परे बच्ची पानीभित्र छ कि बाहिर भनेर । यसबारेमा मानिसहरूबीच खुबै बहस भयो ।

बच्चीको गोडा हेर्नुभयो भने उनी पानीमाथि बसेको प्रस्ट हुन्छ । उसको कपाल पनि भिजेको छैन । भनेपछि ऊ पानीभित्र त छँदै छैन ।
एजेन्सी