२६ असार २०८३, शुक्रबार

महिला, शान्ति, सुरक्षा तथा मानवीय कार्यसम्झौता कार्यान्वयनमा जोड

चैत २८, २०८०
काठमाडौं
महिला, शान्ति, सुरक्षा तथा मानवीय कार्यसम्झौता कार्यान्वयनमा जोड

संयुक्त राष्ट्रसङ्घीय महिला, शान्ति, सुरक्षा तथा मानवीय कार्यसम्बन्धी सम्झौता कार्यान्वयन गर्न महिला अधिकारका क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले जोड दिएका छन् ।

‘साथी’ संस्थाद्वारा आज आयोजित छलफल कार्यक्रममा उनीहरुले सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । राष्ट्रसङ्घीय सिड कमिटीका सदस्य बन्दना राणाले लैङ्गिक समानता र मानवीय कार्यसम्बन्धी विद्यमान अन्तराष्ट्रिय प्रतिज्ञा तथा सन्धि कार्यान्वयनमा राज्य र नागरिक समाज जुट्नुुपर्ने बताइन् ।

 सन् २०२१ मा भएको कार्यसम्झौतामा विश्वका दुई सय मुलुकले हस्ताक्षर गरिसकेका छन् । सो सम्झौता कार्यान्वयनका लागि विश्वव्यापी कार्यसञ्जाल (जिएनडब्लुपी) समेत गठन गरिएको छ ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सम्झौताको कार्यान्वयन केन्द्रमा गृह मन्त्रालयले र स्थानीय तहमा सम्बन्धित स्थानीय तहले गर्नुपर्नेमा जोड दिइन् । बेपत्ता नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलापका सवालमा राजनीतिक दल र सरकार गम्भीर हुन उनले आग्रह गरिन् ।
राष्ट्रसङ्घीय महिला (युएन वुमन) का देशीय प्रतिनिधि पत्रिसिया फर्नान्डेजले नेपालमा शान्ति सम्झौता भएको १८ वर्षसम्म सङ्क्रमणकालीन न्यायले टुङ्गो पाउन नसक्दा पीडितका मुद्दाको सम्बोधन हुन नसकेको टिप्पणी गरिन् । 

बेइजिङ कार्ययोजना र संयुक्त राष्ट्रसङ्घको प्रस्ताव नं १३२५ मा पारित कार्यसम्झौतामा शान्ति निर्माणकर्ता, शरणार्थी तथा विस्थापित लगायत सम्पूर्ण महिला, बालबालिकाको जीवनमा प्रभाव पार्ने निर्णय प्रक्रियामा अर्थपूर्ण  सहभागीता सुनिश्चिता गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्