२६ असार २०८३, शुक्रबार

हनीप्रीतको गोप्य डायरीमा बन्द छ रामरहीमको कैयौं राज

कात्तिक २०, २०७४
हनीप्रीतको गोप्य डायरीमा बन्द छ रामरहीमको कैयौं राज
बलात्कारी बाबा राम रहीमकी धर्मपूत्री हनीप्रीतको एक डायरीमा रामरहीमको कयौं गोप्य कुरा रहेको छ । बाबा जेल जानु भन्दा पहिला हनीप्रीतले विदेशमा बसेका डेरा सच्चा सौदाका कट्टर अनुयायीको फोन नम्बर, उनीहरुको ठेगााना जस्ता सवै जानकारी गोप्य डायरीमा लेखेकी थिइन् ।

यो डायरीबाट रामरहीमका नजिका मानिसको राज खोल्न सक्छ । यी बाबाका नजिकका मानिसमा प्रहरी अधिकारी देखि ठूला नेता पनि हुनसक्ने अनुमान गरिएको छ ।

सीबीआई कोर्टमा पेश हुनभन्दा पहिला राम रहीमले हनीप्रतिले कुनै ठूलो नेता तथा मानिसको नम्बर डायरीमा नोट गराएका थिए ताकी आवश्यकत परेको खण्डमा उनीहरुसँग सम्पर्क गर्न सकियोस् । पञ्चकुला हिंसाका लागि जस जुन पैसाको लेन देन भएको थियो त्यहाँ पैसाको प्रयोग भएको बताइएको छ ।

डायरीमा व्याक मनीलाई ह्वाइट गर्नका लागि मानिसको नाम तथा दस्तावेजको प्रयोग गरिएको थियो । पैसाको प्रयोग कहाँ कसरी गरिएको थियो भन्ने जाकारी दर्ता रहेको प्रहरी अनुमान छ । बाबाका कयौं वकिलको नाम पनि हनीप्रीतको यो डायरीमा नोट गराईको छ । जसका कारण हनीप्रीतलाई पक्राउ गर्न नसकिने अनुमान प्रहरीको थियो । तर उनी पक्राउ परिन् ।

पञ्चकुलामा हिंसा मच्चाउनेवाला मानिसहरुको नाम पनि डायरीमा रहेको अनुमान छ । त्यस्तै बाबा र हनीप्रती कहाँ कहाँ जाने वा लुक्ने लगायतका विवरण लेखिएको छ । उक्त डायरीको खोजीमा प्रहरी छ ।

salt training

कमेन्ट गर्नुहोस्