
काठमाडौं, २७ असोज- चिलिमे जलविद्युत कम्पनीले साधारणसभाका लागि सेयर धनी दर्ता किताब बन्द बूक क्लोज को मिति परिवर्तन गरेको छ । कम्पनीको गत असोज २१ गते बसेको ३३७ औं सञ्चालक समिति बैठकले कार्तिक ७ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसअघि असोज २७ देखि कार्तिक २४ गतेसम्म बुक क्लोज हुने जनाएको थियो । बैठकले कम्पनीले शेयर रजिष्ट्रार पनि परिवर्तन गर्दै अबदेखि कम्पनीको सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धि काम गर्ने जिम्मा सिद्धार्थ क्यापिटललाई दिने स्वीकृति दिएको हो । तीन अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ९६ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
सोही मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत अर्थात ३४ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांस दिने प्रस्ताव गरेको छ ।