मधेश प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रतिपक्षी दलका सांसद तोडफोडमा उत्रिँदा प्रदेशसभा बैठक अबरुद्ध बनेको छ ।
राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै जमनत पार्टीका सांसदहरुले प्रदेशसभाभित्रै प्रदर्शन गरेका थिए । यस्तै जनमतको मागमा नेपाली कांग्रेस र लोसपाका सांसदहरुले पनि समर्थन गरेका हुन् ।
सोही क्रममा बेल घेराउ गरी जनमतका सांसदहरुले प्रदर्शन गर्दागर्दै सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । त्यसपछि अवस्था तनावग्रस्त बनेको हो । अवस्था तनावपूर्ण बनेपछि सभामुखले बैठक स्थगित गरेका छन् ।