२८ जेठ २०८३, बिहीबार

देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र

बैशाख ४, २०८१
काठमाडौं
देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पु-याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पु-याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । 

चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पु-याएको उनले बताए ।  

प्रबन्ध निर्देशक झाले भने, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै सतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेका छौँ । नयाँ शैक्षिक सत्र सुरु हुदाँसम्म पूरै सेट सबै कक्षाका विद्यार्थीको हातहातमा पुग्ने गरी वितरण भएको छ ।”    

केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उनले जानकारी दिए। गत वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो ।  यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । 

salt training

कमेन्ट गर्नुहोस्