२९ जेठ २०८३, शुक्रबार

बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

बैशाख ५, २०८१
काठमाडौं
बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

स्पेनिस क्लब बार्सिलोनालाई हराउँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जीत निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो लेगमा ३-२ ले पराजित भएको पीएसजीले दोस्रो लेगमा पुनरागमन गर्न सफल भएको हो । 

खेलको १२औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लिएको थियो । 

२९औं मिनेटमा खेलमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो सोझो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि खेलको दुई तिहाइ समय १० जनाले खेल्नु परेको थियो ।

पीएसजीले अब फाइनल प्रवेशका लागि बोरुसिया डर्टमुण्डविरुद्ध खेल्नेछ । डर्टमुण्डले एट्लेटिको म्याड्रिड विरुद्ध समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्