११ साउन २०८३, सोमबार
लागुऔषध मुद्दा

एन्फा उपाध्यक्ष लामा पेप्सीकोलाबाट पक्राउ

बैशाख ५, २०८१
काठमाडौं
एन्फा उपाध्यक्ष लामा पेप्सीकोलाबाट पक्राउ

लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।​

उच्च अदालत पाटनले उनलाई २०६४ जेठ २० गते​ ​लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

कैद र जरिवानाको फैसला भए पनि उनी फरार थिए ।​

२०६१ साउन ८ गते ५ ग्राम खैरो हेरोइनसहित काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामालाई प्रहरीले लागुऔषध कारोबारीको अभियोगमा मुद्दा चलाएको थियो ।

तर काठमाडौं जिल्ला अदालतले २०६२ जेठ १० गते फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन बिक्री वितरणका लागि पर्याप्त नभएको भन्दै लामालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनायो ।

फैसलाको समयमा उनी ६ महिनाभन्दा बढी समय हिरासत र कारागार बसिसकेकाले छुटेका थिए ।

त्यसपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

उनले तत्कालीन समयमा बरामद खैरो हेरोइन बिक्री गर्नका लागि बोकेका बयान दिएका थिए । उनलाई बिक्री वितरणमै दोषीको माग सरकारी वकिल कार्यालयले उच्चमा गरेको थियो । 

दाबी पुग्ने देखिएपछि उच्चले लामाविरुद्ध पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि लामा फरार रहेका थिए ।

यस्तो छ उच्च अदालतको आदेश

salt training

कमेन्ट गर्नुहोस्