×

NMB BANK
NIC ASIA

लागुऔषध मुद्दा

एन्फा उपाध्यक्ष लामा पेप्सीकोलाबाट पक्राउ

काठमाडाैं | बैशाख ५, २०८१

NTC
Premier Steels

लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

Muktinath Bank

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।​


Advertisment
Nabil box
Kumari

उच्च अदालत पाटनले उनलाई २०६४ जेठ २० गते​ ​लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर गर्दै ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

Vianet communication

कैद र जरिवानाको फैसला भए पनि उनी फरार थिए ।​

२०६१ साउन ८ गते ५ ग्राम खैरो हेरोइनसहित काठमाडौंको वनस्थलीबाट पक्राउ परेका लामालाई प्रहरीले लागुऔषध कारोबारीको अभियोगमा मुद्दा चलाएको थियो ।

तर काठमाडौं जिल्ला अदालतले २०६२ जेठ १० गते फैसला सुनाउँदै ५ ग्राम खैरो हिरोइन बिक्री वितरणका लागि पर्याप्त नभएको भन्दै लामालाई लागुऔषधको सेवनमा दोषी ठहर गरी ६ महिना कैदको फैसला सुनायो ।

फैसलाको समयमा उनी ६ महिनाभन्दा बढी समय हिरासत र कारागार बसिसकेकाले छुटेका थिए ।

त्यसपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

उनले तत्कालीन समयमा बरामद खैरो हेरोइन बिक्री गर्नका लागि बोकेका बयान दिएका थिए । उनलाई बिक्री वितरणमै दोषीको माग सरकारी वकिल कार्यालयले उच्चमा गरेको थियो । 

दाबी पुग्ने देखिएपछि उच्चले लामाविरुद्ध पाँच वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि लामा फरार रहेका थिए ।

यस्तो छ उच्च अदालतको आदेश

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x