११ साउन २०८३, सोमबार
युद्धले निम्त्याएको नरसंहार

रुस–युक्रेन युद्धमा ५० हजार रुसी सैनिक मारिए, युक्रेनको क्षति कति ?

बैशाख ५, २०८१
काठमाडौं
रुस–युक्रेन युद्धमा ५० हजार रुसी सैनिक मारिए, युक्रेनको क्षति कति ?
प्रतीकात्मक तस्वीरः तस्वीरमा एक रुसी सैनिक ।

युक्रेनसँगको युद्धमा रुसी सेनाको मृत्यु हुनेको संख्या ५० हजार नाघेको बीबीसीले पुष्टि गरेको छ ।

गत फेब्रअरी २२ बाट शुरू भएको रुस–युक्रेन युद्धमा ५० हजारभन्दा बढी रुसी सेनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ । 

युद्ध शुरू भएको दुई वर्षभन्दा बढी भइसकेको छ ।  दोस्रो वर्षमा पहिलो वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी रुसी सेनाको मृत्यु भएको बीबीसीले प्रकाशन गरेको समाचार टिप्पणीमा उल्लेख छ । 

बीबीसीको रुस संस्करण, स्वतन्त्र सञ्चारमाध्यम र स्वयंसेवकहरूले युद्ध शुरू हुँदादेखि मृत्युको गणना गरिरहेका थिए । 

बीबीसीले दाबी गरेको मृत्यु संख्या रुसले आधिकारिक रुपमा दिएको आंकडाभन्दा निकै बढी छ । उक्त संख्या लगभग आठ गुणा बढी हो । 

बीबीसीले लेखेको छ, ’मृतक सैनिकको लास गाड्ने चिहानबाट पनि संख्या पत्ता लगाउन ठूलो मदत भयो । हाम्रो टीमले आधिकारिक प्रतिवेदनहरू, पत्रपत्रिका र सामाजिक सञ्जालबाट पनि जानकारी हासिल गरेको छ ।’

युद्धको दोस्रो वर्षमा २७ हजार ३०० भन्दा बढी रुसी सैनिकले ज्यान गुमाएका छन् । पहिलो वर्षमा त्यो संख्या २२ हजारभन्दा बढी थियो । 

बीबीसीको यो प्रतिवेदनमाथि रुसले आधिकारिक टिप्पणी गर्न अस्वीकार गरेको छ । मृत्युको संख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ । 

बीबीसीले भनेको छ, ’हाम्रो विश्लेषणमा रुसले कब्जा गरेको पूर्वी युक्रेनस्थित डोनेट्स्क र लुहान्स्कमा मिलिसियाको मृत्युलाई समावेश गरिएको छैन । त्यो थपिएमा मृत्यु हुनेको संख्या अझ बढी हुनेछ ।’

युक्रेनले भने आफ्नो तर्फबाट भएको क्षतिबारे खासै आधिकारिक धारणा दिने गर्दैन । अमेरिकी गुप्तचरले युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्वजनिक गरेको छ । यो रुसी पक्षमा भएको क्षतिभन्दा लगभग आधा कम हो । 

salt training

कमेन्ट गर्नुहोस्