१४ असार २०८३, आइतबार

बसको ठक्करबाट १५ वर्षीय सुमनको मृत्यु

कात्तिक २०, २०७४
बसको ठक्करबाट १५ वर्षीय सुमनको मृत्यु

मोरङ, २८ असोज– मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज (शनिवार) बिहान एक किशोरको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नंको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्