२५ जेठ २०८३, सोमबार

‘मनसरा’को ट्रेलर सार्वजनिकः देख्न सकिन्छ ‘बाहुन बाजे’ र ‘लिम्बुनी’को अव्यक्त प्रेम

बैशाख ५, २०८१
काठमाडौं
‘मनसरा’को ट्रेलर सार्वजनिकः देख्न सकिन्छ ‘बाहुन बाजे’ र ‘लिम्बुनी’को अव्यक्त प्रेम

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । 

काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो ।

चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका विषयहरूलाई थप व्याख्या गरिएको छ । 

ट्रेलरमा बाहुन पुरुष र लिम्बू महिलाको अव्यक्त प्रेम देखाइएको छ । ‘बाहुन बाजे’ बनेका प्रवीण खतिवडा र ‘लिम्बुनी’ चरित्रमा देखिएकी मिरुनाको अव्यक्त प्रेम र त्यसले बाहुन बाजेकी श्रीमतीको मनमा उत्पन्न शंका र द्वन्द्वलाई ट्रेलरमा देख्न सकिन्छ ।

बाहुन बाजेकी श्रीमतीको भूमिकामा मेनुका प्रधान छिन् ।

ट्रेलरमा अभिनेता दयाहाङ राई र मिरुना विवाहित जोडी रहेको खुलाइएको छ । तर त्यसमा बाहुन बाजेको प्रवेश भएको ट्रेलरमा देख्न सकिन्छ । 

यही वैशाख २१ गते रिलिज हुने फिल्ममा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, विप्लव प्रतीकलगायतको अभिनय छ । 

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्रध्वज कार्की हुन् । फिल्ममा विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्