०५ साउन २०८३, मंगलबार

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

बैशाख ६, २०८१
जनकपुरधाम
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
    
उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो ।

'स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको छ', उनले भने ।

उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।

युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्