०४ साउन २०८३, सोमबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गतेका लागि आह्वान

बैशाख ६, २०८१
काठमाडौं
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गतेका लागि आह्वान

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौंमा आह्वान गरेको छ ।  बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने  छ ।

पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड, आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका मापदण्ड तय गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेश गर्नेछन् । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ ।
 

कमेन्ट गर्नुहोस्