२४ असार २०८३, बुधबार

सांसदको विशेष विदाइ बैठक शुरु (लाइभ)

कात्तिक २०, २०७४
सांसदको विशेष विदाइ बैठक शुरु (लाइभ)

काठमाडौं, २८ असोज– २०७० माघ सात गते पहिलो बैठक बसेको संसदको आज अन्तिम बैठक शुरु भएको छ । २०७२ असोज ३ पछि संविधानसभाबाट रुपान्तरित संसदमा परिणत भएको संसद आजको विशेष बैठककाबीच सकिँदै छ ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाइ सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नेछिन् ।

चार वर्षअघि संविधानसभा सदस्य निर्वाचन भएका सभासदले संविधान बनाएबापत विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने भएका छन् । समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद परिसरमा रात्रिभोजको आयोजना गरेकी छिन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि समानुपातिक तर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज मध्यरातदेखि नै संसदको अवधि सकिन लागेको हो ।

व्यवस्थापिका संसदको अन्तिम बैठक लाइभ हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्