१० साउन २०८३, आइतबार

१६ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना

बैशाख १०, २०८१
काठमाडौं
१६ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना

१६ जना प्रहरी बिना जानकारी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ । विभिन्न मितिदेखि प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएको कार्यालयले जनाएको छ । 

प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयको भनाइ छ ।  तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्