×

NMB BANK
NIC ASIA

राउण्ड अप

सरसर्ती २४ घण्टा : के–के छन् मुख्यमुख्य घटनाक्रम ?

काठमाडाैं | बैशाख ११, २०८१

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

Muktinath Bank

खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर अल थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । कतारका अमिर थानी मंगलबार बंगलादेशको ढाका हुँदै दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । 


Advertisment
Nabil box
Kumari

कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति गठनको मागमा गम्भीर हुन आग्रह गरेका छन् ।
नेकपा स्थापनाको ७५ औं दिवसको अवसरमा सोमवार नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा देउवाले प्रतिपक्षी दलले संसद्मा उठाएको विषयलाई सकारात्मक रूपमा लिन दलहरूसँग आग्रह गरेका हुन् ।
००००
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लोपटक हौसिएर कम्युनिस्टबीचको एकता दुर्घटनामा परेको भन्दै यसपटक सम्हालिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

Vianet communication

नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  ‘आजको दिनमा दलबीच सहमति र समझदारीको नयाँ यात्रा गर्ने दिन बनोस् भन्ने कामना गर्छु । सबै दललाई यसको निम्ति अपिल पनि गर्छु । कम्युनिस्टहरू सहमतिको बाटोमा हिँड्दा देशभर, उल्लास, उत्साह, उमङ्गको स्थिति बनेको थियो । दुई तिहाइ बहुमतको नजिक पुग्यौं ।

विभाजित हुँदा तीतो अनुभव भयो । यसको राम्रो हेक्का हामीलाई छु, प्रचण्डले भने, ‘अहिले हतारिएर कम्युनिस्ट एकताको पक्षमा छैनौं । हामी त्यो बेला अलि हौसिएछौं । समयभन्दा अगाडि नै अलि छिटो दौडिएछौं कि भन्ने भएको छ ।’
००००
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनको प्रसंग सम्झेर पूर्वराष्ट्रपति विद्या भण्डारी भावुक भएकी छिन् ।
नेकपा स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले गरेको ‘गणतन्त्र गौरव’सम्मान ग्रहण गरेपछिको सम्बोधनमा भण्डारी पटक(पटक भक्कानिएकी थिइन् ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनको भविष्य पनि अन्योलपूर्ण रहेको बताएका छन् ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमवार लतिपुरमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले गठबन्धनमा सहजता महसुश नगरेको भन्दै यसको भविष्यलाई लिएर संशय व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी कार्यक्रममा नेपालले गठबन्धन कति दिन टिक्छ भन्ने प्रश्न उठिरहेको पनि बताए ।
००००
सरकारले लगानी सम्मेलनलाई लक्षित गरी लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

यही वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई सहजीकरण गर्न अध्यादेश ल्याइएको हो ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले कतारका अमिरले मंगलवारदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ भने, अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
००००
नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ । 

साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँमा किनबेच भएको छ । आइतवार २ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
००००
जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ ।

 विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ ।
००००
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । सोमवारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेको हो । 
अब आगामी सुनुवाइका लागि वैशाख १६ गते आइतवारका लागि पेशी तोकिएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले लोकान्तरलाई जानकारी दिए ।
००००
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलवार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

कतारी राजा थानी नेतृत्वको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्नेछ । सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।
००००
सिन्धुलीका प्रहरी प्रमुख एसपी विनोद शर्मा काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालय तानिएका छन् । शर्मालाई गत फागुनमा मात्रै सिन्धुलीको इन्चार्ज बनाएर पठाइएको थियो । उनलाई तान्नुको कारणबारे प्रहरी मुख्यालयले खुलाएको छैन ।
००००

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x