११ साउन २०८३, सोमबार

जनताको पक्षमा काम गर्दा पुराना दलहरूले हिलो छ्याप्ने काम गरिरहेका छन् : रवि लामिछाने

बैशाख १२, २०८१
इलाम
जनताको पक्षमा काम गर्दा पुराना दलहरूले हिलो छ्याप्ने काम गरिरहेका छन् : रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक षड्यन्त्रबाट आफूलाई फसाइएको बताएका छन् ।

चुनावी प्रचारका लागि इलाम पुगेका लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरूले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताए ।

‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ, कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरूले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण हामीमाथि प्रहार भएका हुन्’, उनले भने ।

लोकतन्त्र किन्नेहरूलाई खबरदारी गर्न आफ्नो पार्टीका उम्मेदवार मिलन लिम्बूलाई विजयी गराउन उनले आग्रह गरे ।

‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरूलाई खबरदारी गर्न तपाईंहरूले वैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्