०५ साउन २०८३, मंगलबार

इंग्ल्यान्डमा बलात्कारको आरोपमा २ युवा फूटबलर पक्राउः पछि धरौटीमा रिहा, नाम अझै गोप्य

बैशाख १२, २०८१
काठमाडौं
इंग्ल्यान्डमा बलात्कारको आरोपमा २ युवा फूटबलर पक्राउः पछि धरौटीमा रिहा, नाम अझै गोप्य

इंग्ल्यान्डमा बलात्कारको आरोपमा दुईजना युवा फूटबलर पक्राउ गरेका छन् । ती दुवै इंग्लिस प्रिमियर लिगमा खेल्ने खेलाडी रहेको बीबीसीले जनाएको छ ।

उनीहरू दुवैको नाम सार्वजनिक गर्न ब्रिटिश प्रहरीले चाहिरहेको छैन । उनीसँग स्वदेशी हुन वा बाहिरी देशका त्यो पनि खेल्न सकेको छैन ।

पक्राउ परेका दुवै खेलाडी १९ वर्षका रहेको भने खुलेको छ । ती खेलाडीलाई सोधपुछपछि प्रहरीले धरौटीमा रिहा गरेको बताइएको छ ।

बीबीसी स्पोर्टका अनुसार दुवै खेलाडी एउटै क्लबसँग आबद्ध रहेका छन् । दुवैले आफूहरूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

‘एक सन्दिग्धलाई कुटपीट र बलात्कारमा सहयोग गरेको आरोपमा र अर्कालाई बलात्कारको आरोपमा पक्राउ गरिएको थियो,’ प्रहरी प्रवक्ताले भनेका छन् ।

यस घटनाबारे द सन पत्रिकाले सबैभन्दा पहिले समाचार प्रकाशित गरेको थियो । यो घटना शुक्रबार भएको बताइएको छ । क्लबले ती खेलाडीहरूलाई कारबाही गरे-नगरेको खुल्न सकेको छैन ।

यसअघि पनि प्रिमियर लिगका दुई खेलाडीमाथि बलात्कारको आरोप लागेको थियो । म्यानचेस्टर युनाइटेडका मेसन ग्रीनवुडमाथि उनकी प्रेमिका र म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीलाई एक महिलाले बलात्कारको आरोप लगाएका थिए । दुवै खेलाडीलाई क्लबले निलम्बन गरेको थियो । पछि अदालतले उनीहरूलाई सफाइ दिइसकेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्