०४ साउन २०८३, सोमबार

जाँदाजाँदै कतारका राजाले भने– नेपालको प्राचीन इतिहासबारे केही अंश सिक्ने मौका पाएँ

बैशाख १२, २०८१
काठमाडौं
जाँदाजाँदै कतारका राजाले भने– नेपालको प्राचीन इतिहासबारे केही अंश सिक्ने मौका पाएँ

कतारका शेख (राजा) तमिम बिन हमाद अल थानीले पहिलो भ्रमणका आफूले नेपालको प्राचीन इतिहासबारे केही अंश सिक्ने मौका पाएको बताएका छन् । 

बुधबार स्वदेश फर्किएपछि सामाजिक सञ्जाल (एक्स)मार्फत् उनले भ्रमणको अवसर दिने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेपालका नेता र जनतालाई धन्यवाद दिएका छन् । 

दुई देशको आर्थिक सम्बन्ध विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्याउने विभिन्न साझेदारीका साथ सम्बन्ध सुदृढ भएकोमा शेख थानीले आफू हर्षित भएको पनि बताए ।

null

‘मित्रराष्ट्र नेपालको मेरो पहिलो भ्रमणको क्रममा मैले नेपालको प्राचीन इतिहासबारे केही अंश सिक्ने मौका पाएँ । यो अवसर दिनुहुने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग सौहार्दपूर्ण छलफल गर्न पनि पाएँ । न्यानो आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरू र जनतालाई धन्यवाद,’ उनले भनेका छन्, ‘हाम्रो आर्थिक सम्बन्ध विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्याउने विभिन्न साझेदारीका साथ सम्बन्ध सुदृढ भएकोमा म हर्षित छु ।’

मंगलबार अपरान्ह ४ बजे नेपाल आएका कतारका राजा थानी बुधबार दिउँसो २ः३० बजे स्वदेश फर्किएका छन् । उनको दुई दिने नेपाल भ्रमणलाई नेपालमा निकै चासोका साथ हेरिएको छ । 

उनले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्