१९ असार २०८३, शुक्रबार

चित्रबहादुरको चिन्ता–'शेरबहादुरले देशलाई भड्खालोमा हाल्न सक्छन् !'

कात्तिक २०, २०७४
चित्रबहादुरको चिन्ता–'शेरबहादुरले देशलाई भड्खालोमा हाल्न सक्छन् !'
काठमाडौं २९ असोज– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व-उपप्रधामनन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई अध्यारो सुरुङतर्फ लैजान लागेको आरोप लगाएका छन् । विगतको इतिहास हेर्दा देउवाले देशलाई भड्खालो तर्फ लैजान लागेको अनुभूति भएको केसी बताउछन् ।

‘विगतमा पनि उनीमाथि प्रजातन्त्र दरवारमा लगेर बुझाएको आरोप छदै थियो, अहिले पनि उनी मुलुकलाई अध्यारो सुरुङतिर लैजादैछन’ केसीले लोकान्तरसंग भने, ‘निर्वाचन आचार संहिता विपरित सरकार विस्तार गरेर उनी चुनाव टार्ने खेलमा लागिरेहका छन् ।’

शुक्रवार निर्वाचन आयोगमा निर्वाचन आचार संहिता विपरितका काम गर्दिन भनेको केहीबेरमै देउवाले मन्त्रिपरिषद् विस्तार गरेर जग हसाएको केसीले टिप्पणी गरे । ‘सत्ताका लागि उनले जे पनि गर्छन भन्ने आरोप लाग्दै आएको थियो । सरकार जोगाउन २०५२ सालमा मण्डलेहरुलाई पैसा दिएर थाइल्याण्ड घुमाए, अहिले फेरि त्यसै गर्दैछन्’ केसी टिप्पणी गर्छन् ।

देउवाका अधिनायकवादी शैलीप्रति कांग्रेसका नेताहरु मौन बस्नु आश्चर्यको बिषय भएको केसीको प्रतिक्रिया छ ।

salt training

कमेन्ट गर्नुहोस्