२५ असार २०८३, बिहीबार

चितवनमा प्रचण्ड र पाण्डेसँग भिड्दै साझाका शरद

कात्तिक २०, २०७४
चितवनमा प्रचण्ड र पाण्डेसँग भिड्दै साझाका शरद

काठमाडौं २९ असोज– साझा विवेकशील पार्टीले चितवन क्षेत्र नम्बर ३ मा पत्रकार शरदराज पाठकलाई प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं वनमन्त्री विक्रम पाण्डे सोही क्षेत्रबाट चुनाव लड्दैछन् । साझा पार्टीले पाठकलाई चितवन ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘हामी बैकल्पिक र सुसंस्कृत राजनीतिको वकालत गरिरहेका छौ, चितवनका मतदताहरुले पनि विकल्प खोजिरहेका छन्,’ पाठकले लोकान्तरसँग भने, ‘उम्मेदवारीको घोषणासँगै शुभेक्षुकबाट सकारात्मक प्रतिक्रिया पाएको छु, चितवनका युवाहरु उत्साही छन् ।’

चितवनका ३६ वर्षीय पाठकले ग्रामिण विकासमा स्नातकोत्तर गरेका छन् । उनी यसअघि अन्नपूर्ण मिडिया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्णको समाचार प्रमुख थिए । चितवनको कालिका एफएमबाट २०५८ सालमा पत्रकारिता शुरु गरेका उनले रेडियो कान्तिपुर र अष्टे«लियाबाट प्रकाशित हुने नेपाली पत्र साप्ताहिकमा समेत काम गरेका थिए ।

पाठकका पिता गोपालराज पाठकको २०४२ सालमा सिराहा प्रहरी प्रमुख रहेका बेला कार्यकक्षमै गोली हानी हत्या भएको थियो । इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृत उनका पिताको प्रहरी संगठनमा राम्रो छवि थियो । त्यतिबेला शरदराज मात्र ४ वर्षका थिए ।

अपराधीहरुलाई राजनीतिक संरक्षण प्राप्त भएका कारण आफ्ना पिताको हत्याराले उन्मुक्ति पाएको पाठकको विश्वास छ । राजनीतिलाई अपराधीकरणबाट मुक्त गर्न इमान्दार र सक्षम नेतृत्व राजनीतिमा आउनुपर्ने भन्दै पाठकले आफ्नो उम्मेदवारी दिन लागेका हुन् ।

एकै क्षेत्रबाट चुनाव लड्न लागेको माओवादी अध्यक्ष प्रचण्ड र विवेकशील साझा पार्टीका उम्मेदवार पाठकले चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिरबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । प्रचण्ड र पाठकका पिता एउटै कक्षाका सहपाठी समेत थिए ।

salt training

कमेन्ट गर्नुहोस्