२५ असार २०८३, बिहीबार

राष्ट्रपतिको व्यस्तता, एकैदिन १० विधेयक प्रमाणीकरण

कात्तिक २०, २०७४
राष्ट्रपतिको व्यस्तता, एकैदिन १० विधेयक प्रमाणीकरण

काठमाडौँ, २९ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी छन् ।

व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्