०७ साउन २०८३, बिहीबार

फिल्म ‘ह्याप्पी न्यू इयर’ को ‘ह्याप्पी न्यू इयर’ गीत रिलिज

कात्तिक २०, २०७४
फिल्म ‘ह्याप्पी न्यू इयर’ को ‘ह्याप्पी न्यू इयर’ गीत रिलिज

चलचित्र ‘ह्याप्पी न्यू इयर’ को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरियो ।

ह्याप्पी न्यू इयर बोलको शीर्ष गीतमा विनोद ढकालको शब्द र संगीत रहेको छ भने नवराज बस्नेतले स्वर दिएका छन् । कुशल थापा र सन्ध्या केसीलाई गीतमा फिचरिङ गरिएको छ । फिल्ममा कुशल र सन्ध्या लगायत पुकार गौतम, ईश्वर थापा, पदम शाक्य लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रेमकथामा आधारित उक्त चलचित्रको अधिकांश छायांकन अस्ट्रेलियामा गरिएको हो ।

देवकुमार श्रेष्ठको लेखन, निर्देशन र पटकथा रहेको फिल्म आउँदो पुष १४ बाट प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्