१० साउन २०८३, आइतबार

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेटवार्ता, सिधा हवाई उडानबारे छलफल

बैशाख १७, २०८१
काठमाडौं
उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेटवार्ता, सिधा हवाई उडानबारे छलफल

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईबीच शिष्टाचार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले काठमाडौंमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गरेका उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने बताएका थिए ।

दुई मुलुकबीच सिधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्