२७ असार २०८३, शनिबार

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

बैशाख १७, २०८१
काठमाडौं
गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलाशले सोमवार उक्त रिट खारेज गरिदिएको हो ।

नेपाली कांग्रेसका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएको उक्त रिटमा यसअघि मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्नु/नगराउनु भनि आदेश भएको थियो । 

अधिकारीको नियुक्ति बदर गरी आफूलाई नै कामचलाउ मुख्यमन्त्रीको रूपमा कायम गर्न माग गर्दै पाण्डेले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम अधिकारीलाई २०८० चैत २५ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारी एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्