१४ असार २०८३, आइतबार

बलम्बुमा रोकी राखेको बसमा आगलागी, पूर्णरुपमा जलेर नष्ट

बैशाख १७, २०८१
काठमाडौं
बलम्बुमा रोकी राखेको बसमा आगलागी, पूर्णरुपमा जलेर नष्ट

काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा ३ ख ६१७३ नम्बरको मिनी बसमा आज आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो । 

उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसरी लाग्यो भन्ने नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​​

यसैबीच, काठमाडौं प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवं चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौंले धनीलाई हस्तान्तरण गरेको हो ।​

salt training

कमेन्ट गर्नुहोस्