
प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन् ।
फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ ।
पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ९ हजार ४१० मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार २ सय २४ मतसहित चौथो स्थानमा छन् ।