
बझाङ प्रदेशसभा निर्वाचन ‘क’ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएसँगै एमालेको सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्य पुगेका छन् । बझाङमा रिक्त प्रदेशसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेसका १८ सदस्यमा सीमित भएको छ । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र छन् ।