०३ असार २०८३, बुधबार
इलाम २ मा उपनिर्वाचन

बाबु–छोरा दुवैसँग चुनाव हारेका खड्का

बैशाख १८, २०८१
काठमाडौं
बाबु–छोरा दुवैसँग चुनाव हारेका खड्का

मंगलबार बिहान आएको परिणामअनुसार इलाम क्षेत्र नम्बर २ मा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई दुःखद संयोग मिलेको छ । 

उनी बाबु र छोरा दुवैसँग चुनाव हार्ने उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसका खड्का नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग ११४ मतको झिनो अन्तरले पराजित भएका थिए । 

सुवासको निधनपछि भएको उपनिर्वाचनमा अहिले उनी छोरा सुहाङ नेम्वाङसँग फराकिलो मतान्तरमा हारेका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।

मतान्तर बढेर ५ हजार ८३० मत पुगेको छ । 

सभापति शेरबहादुर देउवा पक्षधर खड्कालाई उम्मेदवार बनाउने कुरामा कांग्रेसमा विवाद भएको थियो । इतर पक्षका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाले भेषराज आचार्यलाई उम्मेदवार बनाउन चाहेका थिए । तर देउवाको अगाडि उनीहरूको केही जोर चलेन ।

निर्माण व्यवयायीसमेत रहेका खड्का कांग्रेसका इलाम जिल्ला सभापति हुन् । साथै उनी नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष पनि हुन् । उनले ग्रासरुटमै रहेर काम गरेको दाबी गर्दै आएका थिए । तर भारी अन्तरले पराजित हुन पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्