३१ जेठ २०८३, आइतबार

इलाम २ मा रास्वपाका उम्मेदवार लिम्बूको जमानत जफत

बैशाख १८, २०८१
काठमाडौं
इलाम २ मा रास्वपाका उम्मेदवार लिम्बूको जमानत जफत

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ । सदर मतको १० प्रतिशत मत नल्याएपछि उनको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत पनि पुर्याउन पर्ने व्यवस्था छ ।

शनिबार सम्पन्न इलाम २ को प्रतिनिधिसभातर्फको उपनिर्वाचनमा ६८ हजार ४७२ मत सदर भएको थियो । १० प्रतिशत पुर्याउन ६ हजार ९३७ मत आवश्यक थियो । चौथो स्थानमा रहेका लिम्बूले ५ हजार ५० मत मात्रै पाएका छन् । यससँगै उनको धरौटी जफत हुने भएको हो ।

यद्यपि, लिम्बूले अघिल्लो निर्वाचनका उम्मेदवार प्रकाश सापकोटाको मत संख्या भने सुधार गरेका छन् । 

२०७९ को निर्वाचनमा रास्वपाका सापकोटाले १ हजार ३८० मत मात्र पाएका थिए । लिम्बूले पुरानो मत संख्यालाई थोरै सुधारेका छन् ।

इलाम २ मा मंगलबार बिहान सकिएको मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्