०५ असार २०८३, शुक्रबार
विदेश पठाउने बहानामा ठगी धन्दा

विदेश पठाइदिने बहानामा ४२२ जनालाई ठगी गर्ने गिरोहका सदस्यहरू पक्राउ

बैशाख १८, २०८१
काठमाडौं
विदेश पठाइदिने बहानामा ४२२ जनालाई ठगी गर्ने गिरोहका सदस्यहरू पक्राउ

राम्रो कामका लागि विदेश पठाइदिन्छु भनेर ठगी गर्ने गिरोहका सदस्यहरूई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

कार्यालयले पक्राउ परेकाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ ।

यस गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको पाइएको छ ।

भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्