०४ साउन २०८३, सोमबार

गर्मी बढेसँगै चितवनमा रगतको अभाव

बैशाख १८, २०८१
चितवन
गर्मी बढेसँगै चितवनमा रगतको अभाव

गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ ।

गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले रगतको अभाव देखिएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार हाल केन्द्रमा दैनिक १ सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको छ ।

यहाँबाट माग पूर्ति गर्न नसकेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट आज मात्रै चार सय युनिट रगत माग गरी भरतपुर ल्याउन लागिएको उनले जानकारी दिए । 

यहाँ माग पूर्ति गर्न नसक्दा अन्यत्रबाट रगत ल्याउने गरिएको भन्दै उनले एक महिना अघि पनि एक हजार युनिट रगत पोखराबाट ल्याइएको बताए ।

'गर्मी मौसममा रक्तदान कार्यक्रमको आयोजना कम हुन्छन्, प्रायः यस मौसममा रगतको अभाव हुने गर्दछ', उनले भने ।

उनले रक्तदाताको सङ्ख्या घट्दा पनि रगतको अभाव देखिएको बताए ।

धेरै सङ्ख्यामा युवा विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्यासँगै रगतको पनि अभाव हुने गरेको उनको भनाइ थियो । रगतको अभाव हुँदा अझ माग बढ्ने गरेको उनले बताए ।

ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले रक्तदानको कार्यक्रम कम हुँदा रगतको अभाव भएको बताए ।

उनले संस्थाको सम्पर्कमा भएका दैनिक १० देखि १५ जना रक्तदातालाई रक्तदान गर्न रक्तसञ्चार केन्द्र पठाउने गरेको जानकारी दिए ।

रेडक्रस र आयोजक संस्थाको समन्वय कम हुँदा पनि रक्तदानका कार्यक्रम कम भएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्