३१ असार २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

बैशाख १८, २०८१
काठमाडौं
प्रधानमन्त्रीद्वारा दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । 

 विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेका हुन् । 

प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गरेका थिए । सोहीअनुसार  उनीहरूलाई ही मेरिटोक्रेसी अनुसार नै नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले मंगलबार जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्