२९ जेठ २०८३, शुक्रबार

निगमले डिजेलको मूल्य घटायो*

बैशाख १८, २०८१
काठमाडौं
निगमले डिजेलको मूल्य घटायो*

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । 

यस्तै हवाइ इन्धन आन्तरिक तर्फ प्रतिलिटर १ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

तर, एलपी ग्यास र पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले स्पष्ट पारेको छ । भारतीय आयल निगमले मूल्य हेरफेर गरेर पठाएपछि निगमले पनि स्थानीय बजारमा मूल्य समायोजन गरेको हो। नयाँ मूल्य आजै मध्यरातिदेखि लागु हुनेछ । 

मूल्य समायोजनसँगै काठमाडौँमा डिजेल तथा मट्टितेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १३७ र अन्तररष्ट्रियतर्फको डलर १.०४२ कायम भएको छ । 
 

*यसअघि समाचारमा घटेको हुनुपर्नेमा बढेको भएकाले सच्याइएको छ-सम्पादक

salt training

कमेन्ट गर्नुहोस्