०२ साउन २०८३, शनिबार

मुम्बईलाई हराउँदै लखनऊ तेस्रो स्थानमा उक्लियो, प्ले अफ सम्भावना बलियो

बैशाख १९, २०८१
काठमाडौं
मुम्बईलाई हराउँदै लखनऊ तेस्रो स्थानमा उक्लियो, प्ले अफ सम्भावना बलियो

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई हराउँदै लखनऊ सुपर जायन्ट्सले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

मंगलबार राति भएको खेलमा मुम्बईलाई ४ विकेटले पराजित गर्दै लखनऊले प्ले अफको सम्भावना बलियो बनाएको हो ।

प्रतियोगितामा छैटौं जीत निकालेको लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

लखनऊमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । उसका लगि नेहल वाधेराले सर्वाधिक ४६ रन बनाए ।

लखनऊका लागि मोहसिन खानले सर्वाधिक २ विकेट लिए ।

जवाफमा लखनऊले उक्त लक्ष्य ४ बल अगाडि नै ६ विकेट गुमाएर पूरा गर्यो । लखनउको जीतमा मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६२ रन बनाए । यस्तै केएल राहुलले २८ रन बनाउँदा दीपक हुडाले १८, निकोलस पुरनले १४ रन जोडे ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक २ विकेट लिए ।

पराजित भएको मुम्बई अंक तालिकाको नवौं स्थानमा छ । 

आईपीएलअन्तर्गत आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स भिड्दै छन्।

salt training

कमेन्ट गर्नुहोस्