
ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक युवकको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान शङ्कर पहरीको मृत्यु भएको हो ।
मंगलबार आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पतालमा पुर्याइएको थियो ।
शङ्करको मङ्गलबारै उपचारका क्रममा मृत्यु भयो भने रमेशको बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।