२४ जेठ २०८३, आइतबार

नेपाल आए इन्डोनेसियन नेसनल प्रहरीका प्रमुख

बैशाख १९, २०८१
काठमाडौं
नेपाल आए इन्डोनेसियन नेसनल प्रहरीका प्रमुख

इन्डोनेसियन नेसनल प्रहरीका हेड अफ इन्टरनेसनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति पाँच दिने भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । 

६ सदस्यीय टोलीको नेतृत्व गरी आएका मूर्तिको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका  प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए । 

मंगलबार राति आइपुगेको भ्रमण टोलीले नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानको अवलोकन गर्नेछ । 

प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार मूर्तिको टोलीको भ्रमण  विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत रहने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्