
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिएर स्वदेश फर्किएका छन् ।
फ्रान्सको लियोनमा यही वैशाख ११ र १३ गतेसम्म सञ्चालन भएको १९ औं हेड अफ एनसीबी कन्फरेन्समा उनी बुधवार बिहान स्वदेश फर्किएका हुन् ।
हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय संगठित अपराधविरुद्ध पहुँच विस्तार गर्दै अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।
त्यस्तै आपराधिक डाटा एकआपसमा साझेदागरी गर्दै आपराधिक कार्य रोक्ने विषयमा सबैको एक मत बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बालबालिकाको सुरक्षा र डाटा सुरक्षाबाट जोगाउने एजेण्डामा छलफल भएको थियो ।
नेपालको तर्फबाट एनसीबी प्रमुखसमेत रहेका कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि एवं पारस्परिक सहयोग आदान-प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गरेका थिए ।
कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह पनि सहभागी थिए ।
