![सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_ULwe2UuTyw.jpg)
गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । मंगलवार मन्त्रीस्तरीय निर्णय गर्दै डीआईजीहरूको सरुवा गरेको हो ।
सूचीअनुसार डीआईजी किशोर प्रधानको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएको छ । यसअघि उनी सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागमा थिए ।
अर्का डीआईजी कमल गिरीलाई कार्य विभागबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा पुर्याएको छ ।
प्रतिष्ठानमा रहेका डीआईजी अभिकुमार खत्रीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही, मानव स्रोत व्यवस्थापन विभागका डीआईजी कुलबहादुर नेम्वाङको मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र दुर्गा प्रसाद भट्टराईको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयबाट महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा भएको छ ।
अरु डीआईजीहरू शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने लगायतको सरुवा भएको छ ।
यस्तो छ सरुवा सूची