
भारतको उज्जैनस्थित डाँडी आश्रमका आचार्य र सेवादारविरुद्ध बाल यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ । उनीविरुद्ध आश्रममा अध्ययनरत १९ बालबालिकाले उजुरी दिएका हुन् ।
प्रहरीले आचार्य राहुल शर्मालाई पक्राउ गरेको छ भने सेवादार फरार छन् । यहाँ तीन बालबालिकामाथि यौन दुर्व्यवहार भएको जानकारी पाएपछि अभिभावकले बैठक गरेका थिए । सो क्रममा १९ बालबालिकामाथि यौन दुर्व्यवहार भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।