२३ जेठ २०८३, शनिबार

जापान पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय, २१९ जनालाई ठगी गरेको आरोपमा २ जना पक्राउ

बैशाख २१, २०८१
काठमाडौं
जापान पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय, २१९ जनालाई ठगी गरेको आरोपमा २ जना पक्राउ

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिकता दुरुपयोग गरी करिब २ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार सार्वजनिक गरेको छ ।​

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन् ।

कार्यालयका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै २१९ जनालाई ठगी गरेका थिए ।

साथै उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेसन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्