३१ असार २०८३, बुधबार

भारतको पिथौरागढका बेरोजगार युवालाई दुलही पाउनै कठिन, विवाहका लागि नेपाल आउन थाले

बैशाख २२, २०८१
बैतडी
भारतको पिथौरागढका बेरोजगार युवालाई दुलही पाउनै कठिन, विवाहका लागि नेपाल आउन थाले

पछिल्लो समय भारतको पिथौरागढका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसकेपछि दुलही खोज्दै भारतीयहरू नेपाल आएन थालेका हुन् । 

पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताए । बैतडीबाट भने छोराको विवाह गरेको उनले बताए । 

पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाइन्। 

नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । 

नेपाल–भारतबीच हुने विवाहको अभिलेख दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बलका झुलाघाट पुल इन्चार्ज अनुप मन्नाले नेपाली र भारतीयबीच पछिल्लो समय विवाह बढेको बताए ।

शिक्षित र खान लगाउन पुग्ने सबै नेपालीले भारतीयलाई छोरी दिने गरेका छैनन् । आर्थिक रूपमा विपन्न परिवार मात्र विवाहका लागि तयार हुने गरेको दशरथचन्द नगरपालिका–८, झुलाघाटका जयसिंह भाटले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ । 


 

salt training

कमेन्ट गर्नुहोस्