२५ असार २०८३, बिहीबार

उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्न सक्दैन : मन्त्री भण्डारी

बैशाख २२, २०८१
अछाम
उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्न सक्दैन : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज अछाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए ।

उनले उद्योग र उद्यमशीलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए । मन्त्री भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन र विकासमा सरकार लागेको उल्लेख गरे ।

उनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट सञ्चालित उद्योग र तिनका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्नेसमेत बताए ।

उनले स्थानीय उत्पादनमा आधारित उद्यममा जोड दिए । उनले भने, 'स्थानीय उत्पादन बढाउनु जरुरी छ, कृषिमा आधारित उद्योगलाई बढावा दिने सरकारको नीति पनि हो ।'

salt training

कमेन्ट गर्नुहोस्