
भारतका प्रधानन्यायाधीश डा धनञ्जय यशवन्त चन्द्राच्युड (डीवाई)ले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् ।
पूजा आराधनाका लागि शनिवार बिहान पशुपति पुगेका चन्द्राच्युडलाई पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका हुन् ।
चन्द्राच्युडसहितको प्रतिनिधिमण्डल शुक्रवार नेपाल आइपुगेको हो ।

भारतीय प्रधानन्यायाधीशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा आनन्दमोहन भट्टराईले स्वागत गरेका थिए ।
डा चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिवार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ ।
आजै साँझ उनले नेपालका प्रधानन्यायाधीशसँग मैत्रीपूर्ण भेटवार्ता गर्नेछन् ।
