×

NIC ASIA

फजुल खर्च

मुख्यमन्त्रीको 'हात्तीमैत्री पदयात्रा' : खानामा मात्रै १० लाख सकियो, टोपी छाप्नै एक लाख खर्च

विराटनगर | बैशाख २४, २०८१

Prabhu Bank
NTC
Premier Steels

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्राका क्रममा खानामा मात्रै १० लाख बढी रकम खर्च भएको पाइएको छ । गत फागुन ९ देखि १५ गतेसम्म मुख्यमन्त्री कार्कीले झापा, मोरङ, इलाम, सुनसरी र उदयपुरलगायत जिल्लामा हात्तीमैत्री पदयात्रा गरेका थिए । 

Muktinath Bank

पदयात्राका क्रममा दैनिक २९० जनालाई खाना खुवाइएको प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले संदीय समितिलाई बुझाएको विवरणमा उल्लेख छ । प्रतिव्यक्ति पाँच सयका दरले २९० जनालाई खाना खुवाउँदा सात दिनमा १० लाख १५ हजार खर्च भएको मन्त्रालयले प्रदेशको लेखा समितिलाई बुझाएको जवाफमा उल्लेख छ । अनुमानभन्दा धेरै खर्च भएपछि प्रदेश सरकारले अझैंसम्म भुक्तानीसमेत गरेको छैन । ‘हामीले दैनिक ८० देखि ८५ जनाको स्टमेट गरेका थियौं,’ मन्त्रालयका सचिव विशाल घिमिरेले भने, ‘तर, अनुमानभन्दा धेरै खर्च भएकाले भुक्तानी गरेका छैनौं ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

पदयात्राका क्रममा प्रचार प्रसारका लागि टोपी छाप्न मात्रै मन्त्रालयले एक लाख रुपैयाँ खर्च गरेको पाइएको छ । प्रचार प्रसारमूलक टोपी छपाइ तथा खरिद शीर्षकमा मन्त्रालयले १ लाख खर्च गरेको हो । 

Vianet communication

ढुवानी शीर्षकमा मन्त्रालयले १ लाख ४ हजार खर्च गरेको छ । पक्की सडकमा खाद्यान्न तथा टेन्ट ढुवानी शीर्षकमा २४० किलो मिटरको ४६ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । २४० मिटर कच्ची सडकमा भने ५८ हजार १ सय रुपैयाँ खर्चेको छ । 

टेन्ट म्याट्रेक्स ढुवानीका लागि पिकअप भाडा शीर्षकमा ८० हजार खर्चिएको मन्त्रालयले जनाएको छ । ‘मास्टरपलान’अनुसार नै कार्यक्रम गरिएको सचिव घिमिरेले बताए । प्रकृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि हात्ती मैत्री पदयात्रा २०८० नारा दिएर कार्यक्रम गरिएको थियो । चालु आवमा वन्यजन्तु वासस्थान संरक्षण गर्ने उद्देश्यले  ४० लाख बजेट विनियोजन गरिएको थियो ।

हात्तीमैत्री पैदल यात्राको विषयलाई लिएर प्रदेश सभाको सार्वजनिक लेखा समितिले समेत प्रश्न उठाएको थियो । दुईपटक पत्र पठाएपछि मात्रै समितिलाई मन्त्रालयले जवाफ दिएको हो । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले तोकेको समयभित्र पर्यटन, वन तथा वातावरण मन्त्रालयले जवाफ नदिई आलटाल गरेको थियो । ५ लाख ५० हजार पेस्की निकालिएको र ९९ हजार ८९२ रुपैयाँ मात्रै भुक्तानी गरिएको समितिलाई पठाइएको जवाफमा उल्लेख छ । 

null

गएको फागुन ९ देखि १७ गतेसम्म मुख्यमन्त्री केदार कार्कीले गरेको हात्तीमैत्री पदयात्राबारे पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पाँच बुँदे प्रश्न सोधेर लेखा समितिले लिखित जवाफ मागेको थियो । दोस्रोपटक पत्र पठाएपछि लिखित जवाफ मन्त्रालयले पठाएको समितिले जनाएको छ । ‘लिखित जवाफ त आएको छ,’ एक कर्मचारीले भने, ‘तर त्यो जवाफ चित्तबुझ्दो छैन । अब बैठक बसेर समितिले चासो देखाउँछ होला ।’

लेखा समितिले उक्त कार्यक्रममा कुन शीर्षकबाट कति रकम खर्च गरियो भन्ने प्रश्न उठाएको थियो । समितिले कार्यक्रममा रकम खर्च गर्दा के कस्ता कानुनी र लेखाका प्रक्रिया अवलम्बन गरियो ? कार्यक्रममा प्रदेश सञ्चित कोषबाट खर्च गर्दा भविष्यमा बेरुजु नहुने आधार के-के छन् ? र कार्यक्रमबाट हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि ठोस र मूर्त रूपमा के परिणाम प्राप्त हुने उद्देश्य राखिएको थियो तथा पूरा हुने आधार के के छन् ? भनेर सोधेको थियो । 

null

मुख्यमन्त्री कार्कीको टोलीले झापादेखि उदयपुरसम्म २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वन क्षेत्र हुँदै २४३ किलोमिटर पैदल यात्रा गरेका थिए । टोलीमा कार्कीसहित निर्वतमान पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरे, हात्ती विज्ञहरूसहित दैनिक २ सय जना भन्दा बढी सहभागी थिए । पदयात्राले मानव हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको जनाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x