
प्रहरी प्रधान कार्यालयले सिराहाका प्रहरी प्रमुख सन्तोष आचार्यलाई फिर्ता बोलाएको छ ।
प्रहरी उपरीक्षक आचार्य गत फागुनमा सिरहामा सरुवा भएका थिए ।
आचार्यले भन्सारमा हुने तस्करीको सूचना लिएर बार्गेनिङ गरी आर्थिक प्रलोभनमा परेको आरोप मुख्यालयको छ ।
सिरहामा एसपी रमेश पण्डितलाई पठाइएको छ।
आचार्यको गतिविधि शङ्कास्पद रहेको र तस्करसँग मिलेको भन्दै उनीविरुद्ध प्रहरी मुख्यालयको उजुरी छानबिन शाखामा उजुरी परेको थियो ।
घटनाको स्थलगत अनुगमन गर्न मुख्यालयबाट टोली गत शुक्रवार सिरहा पुगेको थियो ।
उक्त टोलीको सुझावपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आचार्यलाई फिर्ता बोलाउने निर्णय गरेका हुन् ।