२३ असार २०८३, मंगलबार

अवैधानिक निवेदनको आधारमा दल विभाजन हुँदैनः यादव पक्ष

बैशाख २४, २०८१
काठमाडौं
अवैधानिक निवेदनको आधारमा दल विभाजन हुँदैनः यादव पक्ष

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अवैधानिक निवेदनको आधारमा दल विभाजन नहुने जिकिर गरेको छ । 

अशोक राई पक्षले आइतबार निर्वाचन आयोगमा दल विभाजनका लागि निवेदन दिएपछि यादव पक्षको तर्फबाट प्रवक्ता मनीष सुमनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ-आफ्‌नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ’, सुमनको विज्ञप्तिमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्