×

NMB BANK
NIC ASIA

समानुपातिकको बन्दसूचीले कर्मचारीको निद्रा गायब

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, ३० असोज – निर्वाचन आयोगले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका बन्दसूची पेश गर्नका लागि आइतवारको दिन निर्धारण गरेको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा गरेर कूल ४९ दलले आयोगमा बन्द सूची पेश गरेका छन् । आइतवार दिउँसोसम्ममा जम्मा दुई दलले समानुपातिक तर्फको बन्द सुची पेश गरेको भएपनि साँझ पाँच बज्न लाग्दा दलहरु सुची बोकेर एकाएक आयोगमा उपस्थित भए ।

कार्यालय समय भित्रमा आयोगमा बन्दसूची बोकेर जाने दललाई दर्ता गर्न दिने प्राबधान भएकोले आयोग पनि ढिला गरि पुगेका दलहरूलाई समेत बन्द सुची पेश गर्न दिनुपर्ने बाध्यतामा पर्यो ।

तर दलहरूले गरेको ढिलासुस्तीका कारणले निर्वाचन आयोगका कर्मचारीहरू आइतवार राति रातभर काम गर्न बाध्य भएका छन् । ‘पाँच बजेसम्म आउनेलाई दर्ता गर्न दिनुपर्ने प्राबधान छ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले लोकान्तरसंग भने, ‘मध्यरातसम्म काम सकिएको थिएन ।’ उनका अनुसार दलहरुले सूची दर्ताको निवेदन पेश गरेपछि अरु केही प्रक्रियाहरू पुरा गर्नुपर्ने भएकोले राति ढिलासम्म काम भएको हो ।

निर्वाचन अयोगका अनुसार प्रदेश तथा प्रतिनिधि सभा गरेर कूल ४९ दल दर्ता भएका छन् । प्रदेश नम्बर एक र दुईमा समान २९ दल दर्ता भएका छन् । प्रदेश नम्बर तीनमा ३१ र चारमा २० दल दर्ता भएका छन् । प्रदेश नम्बर पाँचमा २७ वटा दल दर्ता भएका छन् ।

प्रदेश नम्बर ६ मा १८ र सातमा २० दल दर्ता भएका छन् । आयोगले केही समयमै दल दर्ता बारेको अन्तिम सुचना प्रकाशन गर्ने तयारी गरेको छ । दलहरुले ढिलागरेर सूची लिएर आयोग पुग्दा कर्मचारीहरुलाई काम गर्न ढिला भएको हो ।

निर्वाचन आयोगका सचिव वेगेन्द्र शर्माले बन्दसूची दर्ताको काम रातभर लगाएर सकाएको जानकारी दिए । ‘सबै दलको काम सकाउँदा छ्याङै उज्यालो भएको थियो,’ शर्माले लोकान्तरसंग भने, ‘म विहानपख कार्यालयबाट आएर अहिले आराम गरिरहेको छु ।’

दिनभरी समानुपातिको बन्दसूचीका लागि रस्साकस्सी गरेका दलहरु साँझ चाहिँ बन्दसूची लिएर आयोगमा पुगेका थिए । बन्दसूचीका विषयमा पार्टी भित्रै हिसाब नमिलेकाले दलहरूले कात्तिक पहिलो साता अर्को सूची बुझाउने तयारी गरेका छन् ।

आयोगले २६ गते बन्द सूची पेश गर्ने अन्तिम समय तोकेको थियो । अब कात्तिक पाँच गतेसम्म दलहरुलाई बन्द सुची सच्याउनको लागि आयोगले जानकारी गराउने छ ।

दलहरुले कात्तिक १२ गतेसम्म बन्दसूची सच्याएर आयोगमा अर्को सूची बुझाउन पाउने छन् । त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायका कामहरू हुने छन् । आयोगले मंसिर ३ गते अन्तिम बन्द सूची प्रकाशन गर्ने छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x