०८ साउन २०८३, शुक्रबार
जसपा फुटको साइड इफेक्ट

एकीकृत समाजवादीले भन्यो–संसदीय दल एकताबद्ध छ

बैशाख २४, २०८१
काठमाडौं
एकीकृत समाजवादीले भन्यो–संसदीय दल एकताबद्ध छ

नेकपा एकीकृत समाजवादीले पार्टी संसदीय दल एकढिक्का रहेको जनाएको छ । जनता समाजवादी पार्टीमा आएको विभाजनपछि सो पार्टीमा पनि सङ्कट उत्पन्न भएको टीकाटिप्पणी भइरहेका बेला समाजवादीले यस्तो बताएको हो । 

एकीकृत समाजवादीको सोमबार सम्पन्न संसदीय दलको बैठकपछि प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको भन्दै त्यस्ता भ्रममा नपर्न सबैलाई अनुरोध गरे । उनले पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता बैठकमा व्यक्त भएको पनि जानकारी दिए । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, सङ्घीय संसद्को आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयहरूमा छलफल भएको उनले बताए । 

यस्तै बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसद्को आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको उनले बताए । 

बैठक संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा संसद् भवन नयाँ बानेश्वरमा बसेको हो। 

salt training

कमेन्ट गर्नुहोस्