०८ असार २०८३, सोमबार

बसबाट खसेर चार वर्षीया बालिकाको मृत्यु

बैशाख २७, २०८१
काठमाडौं
बसबाट खसेर चार वर्षीया बालिकाको मृत्यु

ललितपुरको टाखेलमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार वर्षीया आर्या सञ्जेल छिन् । 

बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका– १० टाखेलमा बा४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा आर्या बसबाट खसेकी थिइन् । 

बसबाट खसेर गम्भीर घाइते भएकी सञ्जेललाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पुर्याएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले दिए । 

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्